१५ माघ २०८२, बिहिबार | January 29, 2026

‘डार्क मुन’ सार्वजनिक



काठमाडौं । छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् ।

साहिल खान चलचित्र उद्योगका सर्वाधिक डिमाण्डेड ट्रेलर मेकर हुन् । सुर्या केहि चलचित्रमा अभिनेत्रीको भुमिकामा काम गरिसकेकी छिन् भने क्रिजन गौतम नेपाली चलचित्र उद्योगका स्थापित वालकलाकार हुन् ।

सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको छ । एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ रु यसमा मनछुने तरिकाले देखाउन खोजिएको छ ।

निर्देशक ज्ञवाली भन्छन्, –‘यो समाजको यथार्थ तस्वीर हो । जुन भिडियोबाट देखाउन खोजिएको छ । यो हेरिसकेपछि हरेक आमाबुवाले के सोचिदिनुपर्छ भने, आफ्ना सन्तान आफ्नै कारण घरवारविहिन नहुन् । आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने शन्देश दिनु यसको उद्धेश्य हो ।’ चलचित्रमा आमाको मात्रै दोष देखाइएको छ भन्ने प्रश्नमा ज्ञवाली थप्छन्, ‘वास्तबमै आमा हरेक सन्तानका लागि महान् हुन्, आमा नभएको परिवारका धेरैजसो सन्तानले दुःख पाएका छन् ।

4सन्तानप्रति आमाले जत्तिको जिम्मेवारी कमै बाबुले गर्छन् ।’ सडक बालबालिकाहरुको कुरा सुन्दै गर्दा अधिकांशले आमा पोइला गएकाले अथवा अर्कै आमाको माया नपाएका कारण आफु घर छाडेको प्रतिक्रिया दिएका छन्, ज्ञवाली थप्छन्, ‘घटनालाई काल्पनिक रुपमा प्रस्तुत गरिएको छ, आशा छ दर्शकले यसलाई सहर्ष स्विकार गरिदिनुहुनेछ ।’

डार्क मुनको कथा नेपाली चलचित्र उद्योगका सफल चलचित्र लेखक प्रदीप भारद्धाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।

चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ ।
हिजो शुक्रवार मात्रै यसको टिजर सार्वजनिक गरिएको थियो । टिजरले दर्शकप्रति उत्सुकता जगाएको थियो ।

‘डार्क मुन’ निर्देशक रामजीले यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका थिए । जसलाई दर्शकले रुचाएका थिए ।

https://youtu.be/C7T94cRTjhM

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ८ : २४ बजे

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च