२२ बैशाख २०८१, शनिबार | May 4, 2024

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस बिहीबार नेपाल आउँदै



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयसस आगामी बिहीबार नेपाल भ्रमणमा आउँदैछन् । उनी भारत हुँदै नेपालको तीन दिने भ्रमणमा आउन लागेका हुन् ।

उनको नेपाल भ्रमणको लागि परराष्ट्र र स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी थालेको छ । उनको नेपाल भ्रमणका क्रममा कस्ता विषयलाई उठान गर्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु गहन छलफलमा छन् ।

कोरोना भाइरसको महामारीबाट नेपालले भोग्नुपरेको समस्या, नेपालका जनस्वास्थ्य क्षेत्रका चुनौती लगायतका विषय नेपालले उठान गर्नेछ । नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यतालिका बनेको छ ।

त्यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेट गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले बताए ।

स्वास्थ्यमन्त्री खतिवडाको निमन्त्रणमा नेपाल आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखको भ्रमणलाई नेपालले महत्वका साथ हेरेको छ । नेपालको भ्रमणका क्रममा उनले टाइफोइड रोगविरुद्धको खोप अभियानको पनि अवलोकन गर्नेछन् ।

यसअघि कोरोना महामारीको समयमा नेपालको दुर्गम भेगमा खोप पुर्‍याउने काममा खटिएका स्वास्थ्यकर्मीको भिडिओलाई ट्वीटरमार्फत सेयर गरेका थिए । सबैको पहुँचमा खोप पुर्‍याउनुपर्ने धारणा उनको थियो ।

कोरोना महामारीको समयमा डब्ल्यूएचओले नेपाललाई कोभ्याक्स र गाभीमार्फत खोपहरू उपलब्ध गराउन सहयोग गरेको थियो । त्यस्तै कोरोना महामारीसँग लड्न विश्व समुदायलाई समेत नेपालमा सहयोग गर्न अनुरोध गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ११ : १४ बजे

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने