१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

नगरको आयस्तर बढाउनुका लागी २०० बिघामा पोखरी निर्माण हुँदै



सर्लाही । जिल्लाको वाग्मती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रूपमा विकासको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ ।

नगरपालिकाले गौरवको आयोजनाको रूपमा पोखरीको निमार्ण शुरु गरी दुई चरणको काम सम्पन्न गरेको हो । पहिलो चरणअन्तर्गत पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको नगर प्रमुख भरतकुमार थापाले बताए । अब दोस्रो र तेस्रो चरणअन्तर्गतको सौन्दर्य अभिवृद्धिको काम शुरु भएको नगर प्रमुख थापाले बताए ।

दीर्घकालीन रूपमा नगरको आयस्तर बढाउनुका साथै नगरमै रोजगारीको सिर्जना गर्न भन्दै करिब २०० बिघा क्षेत्रफलमा मानव निर्मित पोखरी निर्माण शुरु गरिएको हो । नगरपालिकाअन्तर्गत वडा नम्बर ४ र ५ स्थित वाग्मती किनारमा पोखरी निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले बताए ।

उनका अनुसार दीर्घकालीन नगरको विकासका रूपमा नगरले पोखरी निर्माण शुरु गरेको हो । पोखरी देशकै नमूना बन्नेमा आफू ढुक्क भएको नगर प्रमुख थापाले बताए । करिब २०० बिघा क्षेत्रफलको मानव निर्मित यो पोखरी देशमै विशाल मानव निर्मित पोखरी बन्ने नगर प्रमुख थापाले बताए । पोखरीमा माछा पालनसँगै मुख्यरूपमा पर्यटन विकास यसको लक्ष्य र योजना रहेको नगरपालिकाले जनाएको छ ।

निकट भविष्यमै नगरले गर्ने आम्दानी तथा नगरबासीलाई रोजगारीको राम्रो सम्भावना लिएर मानव निर्मित पोखरी निमाण शुरु गरेको नगर उपप्रमुख लीला मोक्तानले बताए । पोखरीमा बोटिङ, स्विमिङसँगै पर्यटकका लागि आकर्षक होटल र खाजा घरको समेत निर्माण हुनेछ ।

पूर्वपश्चिम लोकमार्गबाट मात्र तीन किलोमिटरको दूरीमा रहेको पोखरी अन्य गन्तव्यमा हिँडेका पर्यटकका लागि समेत विश्राम स्थलको रूपमा विकास गर्न सकिने नगरको योजना रहेको छ । पोखरी निर्माणको अर्को महत्वपूर्ण योजना स्थानीयस्तरमा रोजगारीको वातावरण पनि रहेकोले नगरका धेरै जनशक्तिले रोजगारी समेत पाउने भएका छन ।

नगरले हरेक योजनामा आफ्नै जनशक्ति परिचालन गर्दै आएकोले पोखरी निमार्णका क्रममा पनि नगरबासीले गतिलो रोजगारी पाउने नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ११ : ३६ बजे

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल : नेपाल पुलिस र सभापोखरी फाइनलमा

बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल

सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१

पार्टीलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध