१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल



काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारेका छन् । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भएको बताए ।

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाउनुभएका विषयमा आफूले टिप्पणी गर्न अलि सान्दर्भिक नहुने पनि स्पष्ट पारे। “सङ्घीय संसद्मा सदस्यहरूले उठाउनुभएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने, “तर संसद् कमजोर भएको महसुस मैले गरेको छैन ।”

सभामुख अर्यालले संसद्को आफ्नो मर्यादा र गर्नुपर्ने काम आफ्नो कार्यशैलीअनुसार नै सञ्चालन हुने बताए। “तीन करोड नेपालीका लागि काम गर्ने भनेर आएका तपाईँहामी निरन्तर खटिरहेका छौँ”, उनले भने।

सभामुख अर्यालले व्यवस्थापिकाका सांसद, नागरिक, पत्रकारलगायतले कार्यपालिकालाई झकझक्याउने जिम्मेवारी रहेको बताए। उनले आगामी संसद्को अधिवेशन राष्ट्रियसभा र प्रतिनिधिसभा नयाँ भवनबाट सञ्चालन हुने विश्वास व्यक्त गरे । “राष्ट्रियसभा होस् या प्रतिनिधिसभा नयाँ भवनबाट सञ्चालन हुन्छ भन्नेमा म विश्वस्त छु”, उनले भने ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ७ : ५४ बजे

सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१

पार्टीलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्दै

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका