२६ आश्विन २०८३, सोमबार | October 12, 2026

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल : नेपाल पुलिस र सभापोखरी फाइनलमा



बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले एपिएफमाथि २१–२५, २८–२६, २५–१६,२५–१९ को जित निकालेको हो ।

यसअघि शुक्रबार नै भएको समूह चरणको अन्तिम खेलमा एपिएफले भारतको गुजरात स्र्पोटिङ क्लबलाई ३–२ सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । एपिएफले २१–२५, २५–१८, २५–१६, १७–२५, १५–१२ को जित निकालेको थियो ।

यस्तै अर्को मेमिफाइनल खेलमा सभापोखरीले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनायो । सभापोखरीले खैरालाई २५–२०, २५–१६, २३–२५, २५–१५ ले पन्छाएको थियो । पुलिस र सभापोखरीबीच शनिबार उपाधि भिडन्त हुनेछ । सेमिफाइनलमा पराजित खैरा र एपिएफ तेस्रो स्थानका लागि खेल्नेछन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीले भाग लिएका थिए । प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै तेस्रो हुने टोलीलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ९ : १२ बजे

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको