२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

हेटौडामा एक साता निषेधाज्ञा थप



मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ ।

यसअघि गत साउन २६ देखि भदौ ८ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो। जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले उक्त स्थानमा आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।

निषेधाज्ञाको समयमा बिहान ५:०० बजेदेखि ८:०० बजेसम्म खाद्यान्न, तरकारी, औषधीलगायत अत्यावश्यक पसल खोल्न र इन्धन खरिद गर्न दिइने भएको छ । पसल खोल्दा, व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नेपालले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी जिल्लाको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा केहि दिन अघिदेखि जारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  २ : ४८ बजे

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई

बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको