३० चैत्र २०८२, सोमबार | April 13, 2026

बुटवलको कोरोना विषेश अस्पतालमा प्लाज्मा थेरापीबाट उपचारको तयारी, संक्रमण मुक्त चिकित्सकको रगत निकालियो



बुटवल । कोरोना उपचारमा प्लाज्मा थेरापीको चर्चा चलेपछि लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवलको कोशोना बिशेष अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमित विरामीको उपचारको तयारी गरिएको छ ।

प्लाज्मा थेरापिको बिधीबाट कोरोनाको उपचार हुने चर्चा चलेसँगै अस्पतालले थेरापी गर्नका लागि संक्रमण मुक्त भएका अस्पतालकै एक जना चिकित्सकको रगत निकालिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए । उपचार बिधि सुरु गर्न केही दिनअघि कोरोना संक्रमणबाट मुक्त भएका लुम्बिनी प्रादेशिक अस्पताल चिकित्सक डा. साजन श्रेष्ठबाट रगत संकलन गरिएको डा. गौतमले बताए । आवश्यकता अनुसार संक्रमितलाई प्लाज्मा थेरापी गरिने उनले बताए ।

कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रियालाई प्लाज्मा थेरापी भनिएको छ । यो बिधिले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने बताईएको छ । यो उपचार विधि सफल हुने नहुने अझै निश्चित भने छैन ।

सोमबारबाटै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले नियमित कोरोना प्रेस ब्रिफिङमा प्लाज्मा थेरापीको ट्रायल सुरु गरिसकिएको जानकारी गराएका थिए ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापी गरेका ६८ वर्षीय एक पुरुषको आइतबार साँझ उपचारकै क्रममा मृत्यु भएको थियो । यद्यपी, सरकारले प्लाज्मा थेरापीलाई ट्रयालको रुपमा सुरु गरिसकेको छ ।

कोरोना बिशेष अस्पतालमा १७ जना संक्रमितको आईसियूमा सघन उपचार भईरहेको छ भने समान्य वार्डमा २३ जनाको उपचार चलिरहेको छ । अस्पतालले रुपन्देही सहित कपिलवस्तु, पश्चिम नवलपरासी, गुल्मी, पाल्पा र अर्घाखाँची सम्मका लक्षण सहितको संक्रमितलाई सेवा दिईरहेको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ५ : ०२ बजे

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख