२ पुस २०८२, बुधबार | December 18, 2025

बारामा कोरोना संक्रमितको उपचारमा हेलचेक्राईं



बारा । बारामा कोरोना पोजेटिभसँग हेलचेक्राई गरिएको खबर प्राप्त भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ का प्रदिप गुप्ता (नाम परिवर्तित) लाई कोरोना पोजेटिभ भएपछि चेकजाँचमा हेलचेक्राईं गरिएको छ ।

चितवन मेडिकल कलेजबाट उनको रिपोर्ट पोजेटिभ आएपछि उनी उपचारको लागि गाउँपालिका अध्यक्षलाई गुहारेका थिए । गाउँपालिका अध्यक्षले बेवास्ता नगरेपछि उनी जिल्ला प्रशासन कार्यलय धाएका थिए ।

पछि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको समन्वयमा पर्सा जिल्लाको अस्थाई कोभिड अस्पताल विरगंज हेल्थ केयरमा उपचारको लागि पठाइयो । तर विरगज हेल्थ केयरले बाराको कोरोना पोजेटिलाई उपचार गर्न नमानेपछि गुप्ता फेरी अन्यौलमा परे ।

फेरी गाउँपालिका अध्यक्षलाई पीडित परिवारले गुहार गरेपछि गाउँपालिका अध्यक्षले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बाराको कलैया उपमाहनगरपालिका वडा नम्वर ३ गंगापुरमा अस्थाई रुपमा बनाईएको क्वारेन्टाइनमा पठाइयो ।

दुर्भाग्यवस गंगापुर अस्थाई क्वारेनटाइनमा पनि उपचारको लागि नलिएपछि बेसाहारा गरिब गुप्ता परिवार बिच्चलीमा परेका छन् । सरकारले करोडौं बजेट कोरोनाको नाममा ब्रहमलुट गरे पनि आम गरिब समुदायमा अहिलेसम्म सरकारको कोरोनाको बजेटको अनुभुति गर्न सकेका छैनन् ।

एउटा उदाहारण मात्र हो महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले पनि केहि दिन पहिला आफनो नगरपालिकाको कोरोना चेकजाँच गर्न पठाउदा बाराको विरामीको चेक नगर्ने भनेर फर्काइएको नगरप्रमुख यादवले आरोप लगाएका छन् ।

प्रदेश नम्बर २ अन्र्तगत रहेको एक मात्र नारायणी उपक्षेत्रिय अस्पतालले आफ्नो जिल्लाको संक्रमितको पिसिआर मात्र चेकजाँच गर्ने भनी अरु स्थानीय तहबाट आएको स्वाब चेकजाँच नै नगरी फिर्ता पठाएको प्रति नगरप्रमुखले खेद प्रकट गरेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ६ : ४४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल