२ पुस २०८२, बुधबार | December 17, 2025

कपिलस्तुमा पत्रकारसहित थप २० जनामा कोरोना संक्रमण, हालसम्म १ हजार ६५ संक्रमित



कपिलवस्तु । कपिलवस्तुु नगरपालिकामा २ जना पत्रकार सहीत थप २० जना कोरना संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ६५ पुगेको छ ।

यसरी संक्रमित हुने पत्रकारमा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति तथा एभिन्यूज र अन्नपुर्ण पोस्टका संवाददाता, र एनटिभीका संवाददाता संक्रमित भएका छन् ।

यस्तै गरी २ सरकारी शिक्षक र एक बोडिङ स्कुलका शिक्षक, विद्युतका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेवी गाउँपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्य संक्रमित भएका छन् ।

यस्तै किराना पसल एक, एउटै मेडिकल पसलका दुई, सशस्त्र प्रहरी खुनुवा एक,इन्जिनियर एक, महाराजगन्ज नगरपालिकाका एक कर्मचारी, सुनचाँदी पसलका एक जना तथा ३ जना समुदायस्तरका संक्रमति भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन कुमार थापाले बताए ।

गत भदौ ३ गते बुद्धपदम माविदेखि संलन गरिएको १७३ नमुना मध्ये २० पोजेटिभ आएको थियो । १ सय ५३ जनाको भने नेगेटिभ रिपोर्ट आएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १२ : २३ बजे

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु