४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौंमा संक्रमण दर झन बढ्दै, मंगलबार थपिए २३२ जना नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा गत भाद्र ४ गतेदेखि निषेधाज्ञा लागि रहेको छ । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलियो भनेर निषेधाज्ञा लगाइएको छ । तर, भाइरसका संक्रमितहरु निरन्तर बढिरहेका छन् ।

मंगलबार काठमाडौं उपत्यकामा भाइरसका २३२ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै १९९ जना संक्रमित थपिएका छन् ।

काठमाडौंको तुलनामा ललितपुर र भक्तपुरमा संक्रमितहरु थोरै भएपनि ती जिल्लामा पनि संक्रमणको दर भने बढिरहेको छ ।
ललितपुरमा १९ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन् ।

निषेधाज्ञाको बीचमा कन्ट्याक्ट ट्रेसिङ बढाएको भन्दै नगरपालिका फोरमले थप एकसाता निषेधाज्ञा बढाउन आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले मंगलबार नै निषेधाज्ञा थप गर्नका लागि निर्णय समेत गर्दैछन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ४ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको