१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोना संक्रमणबाट २४ घण्टामा ७ जनाको मृत्यु, हालसम्म १६४ जनाले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो अपडेट अनुसार काठमाडौंमा तीन जनाको मृत्यु भएको छ । जसमध्ये एक जना महिला र दुई जना पुरुष रहेका छन् ।

७१ वर्षीय महिला एवं ७४ र ६६ वर्षीय पुरुषको काठमाडौंभित्र मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी रुपन्देहीमा ५३ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

यस्तै, सिराहामा २२ वर्षीय युवाको ज्यान गएको छ भने पर्साका ६७ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको गौतमले जानकारी दिए ।

यससँगै स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ४ : ४३ बजे

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका