११ असार २०८३, बिहिबार | June 25, 2026

नेपाल क्रिकेट संघ क्यानको साधारणसभा स्थगित



काठमाडौं । भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

क्यानले मंगलबार विज्ञप्ती जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारणसभा कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएको जानकारी गराएको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाएका छन् ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस र सरकारले एक सातादेखि लगाएको निषेधाज्ञाका कारण भदौमा तय भएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो ।

स्थगित साधारणसभा आईसीसीसँगको समन्वय र सहज वातावरण पछि मिति तय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ५ : ०६ बजे

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

‘निजी अस्पताल र बैंक तथा वित्तीय संस्थामा श्रम शोषण’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान