२२ मंसिर २०८२, सोमबार | December 9, 2025

बाँकेमा थपिए एकै दिन ६७ नयाँ कोरोना संक्रमित; कोहलपुरमा ५१, नेपालगन्जमा १५ जना



नेपालगन्ज । बाँकेमा एकै दिनमा ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमित मध्य ५१ जना कोहलपुरका मात्र छन् भने १५ जना नेपालगन्ज उपमहानगरका हुन् ।

१ जना बैजनाथ गाँउपालिकाका स्थानीयमा पनि संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिनमा ६७ संक्रमित थपिएको बांकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पुष्टि गरे ।

भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा बर्दिया बाँसगढीका एकजनामा पनि संक्रमण पुष्टि भएको छ ।

बिगत केहिदिनमा संक्रमतिहरु थपिने क्रम घटेको र डिस्चार्ज हुनेको संख्या बढेको देखिएपनि बुधबार ६७ जना संक्रमित थपिँदा ६ जनाको मात्र डिस्चार्ज भएको छ ।

बाँकेमा आज थपिएसँगै संक्रमितको संख्या ९११ पुगेको छ भने ६६६ जना कोरोना मुक्त भएर घर फर्केका छन् । बाँकेमा बुधबार १ जनाको मृत्यु भएको समेत गरि ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  २ : ४७ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट