२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

महामारी विरुद्ध सञ्चालित अभियानमा रोटरी बुटवल सेन्टरको सहकार्य



बुटवल । रोटरी क्लब अफ बुटवल सेन्टरले महामारी विरुद्ध सञ्चालित अभियानमा सहकार्य गरेको छ ।

बुटवल उपमहानगरपालिकासंगको सहकार्यमा रोटरी क्लब अफ सेन्टर बुटवलले संक्रमितको मनोबल बढाउने तथा विपन्न अवस्थाका बिरामीलाई औषधि उपचारमा सहयोग गर्दै आएको छ ।

उक्त क्लबले कोरोना संक्रमितलाई स्वच्छ पानी खुवाउने भन्दै बुटवलको आइसोलेशन सेन्टरमा विद्युतीय फिल्टर जडान गरिदिएको क्लबका अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको बुटवल-११ देविनगरको आइसोलेसन सेन्टरमा रहेका संक्रमितलाई लक्षित गरेर सहयोग गरिएको हो ।

त्यहाँ ६० जनालाई पिउन पुग्नेगरि झण्डै ७० हजार बराबरका विद्युतीय फिल्टर जडान गरिएको अध्यक्ष भट्टराइले जानकारी दिए ।
यसैगरी मृगौला रोगको नियमित उपचार गराइरहेका र डायलासिश गरेपछिको औषधि किन्न नसक्ने विपन्न अवस्थाका बिरामीका लागि औषधि उपलब्ध गराइएको छ ।

क्लबमा आबद्ध तिलप्रसाद भट्टराईको संयोजनमा गौतम बुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पतालमा उपचारका लागि आएका ११ जनालाई निशुल्क औषधि उपलव्ध गराइएको क्लबका अध्यक्ष भट्टराईले जानकारी दिए । करिब तीन लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराइएको छ ।

यसअघि पनि उक्त क्लबले विभिन्न सामाजिक र मानवीय सहयोगका काम गर्दै आएको संस्थापक अध्यक्ष एजाज आलमले जानकारी दिए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ८ : ३६ बजे

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता