९ बैशाख २०८३, बुधबार | April 22, 2026

बाँकेमा २२ जना कोरोना मुक्त, कर्मचारीमा संक्रमण देखिएपछि टेलिकमको बितरण केन्द्र बन्द



नेपालगन्ज । बुधबार ७३ जना नयाँ संक्रमित थपिएका बाँकेमा बिहीबार बिभिन्न आइसोलेसनमा उपचाररत २२ जना संक्रमित संक्रमण मुक्त भएर घर प्रस्थान गरेका छन् ।

संक्रमण पुष्टि भएर १४ दिन बिना लक्षण आइसोलेसनमा बसेका २२ जनालाई घर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार खुला कारागारबाट ६ जना, खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ५ जना, होटल सिटी प्यालेसबाट ४ जना, लायन्स डेन्टल अस्पतालको आइसोलेसनबाट ३ जना, प्राथमिक स्वास्थ्य केन्द्र बैजनाथबाट २ जना, कृषि तालिम केन्द्र खजुरा र नेपालगन्जको आदर्शनगर आइसोलेसनबाट एक एक जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेहरुमा नेपालगन्जका १५ जना र कोहलपुरका ७ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुधबार संक्रमण पुष्टि भएसँगै नेपालगन्ज स्थित नेपाल टेलिकमको बितरण केन्द्र अर्को सुचना जारी नहुँदा सम्मका लागि बन्द भएको छ । बुधबार टेलिकममा कार्यरत ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । बुधबार नै बाँकेको कौशिलानगर स्थित ब्यारेकका ५१ जना नेपाली सेनाका जवानहरुलाई संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा कुल संक्रमित ९ सय २० रहेकोमा बिहीबारसम्म ६ सय ८२ जना डिस्चार्ज भइसकेका छन् । आइसोलेसनमा २ सय ३३ जनाको उपचार भइरहेको छ भने कोरोनाबाट पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ९ : ३६ बजे

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन