२ पुस २०८२, बुधबार | December 18, 2025

गर्भवती महिलासहित थप ५ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ ।

बिहीबार बिहानैदेखि मृत्युको संख्या बढिरहेको खबर सार्वजनिक भएका हुन् । मृत्यु हुनेमा गर्भवती महिला समेत रहेका छन् ।

पछिल्लो रिपोर्ट अनुसार ललितपुरको किस्ट अस्पतालमा उपचाररत अर्घाखाँची घर भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत भदौ ७ गते भर्ना भएका ५५ वर्षीय पुरुषलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषको छातीमा संक्रमण र निमोनिया देखिएको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दा उनको मृत्यु भएको छ ।

यस्तै, वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहीबार बारा घर भएकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ। ३३ हप्ताकी गर्भवती ती महिलाको बिहीबार बिहान बिहान ६ बजे मृत्यु भएको हो ।

यसैगरी ललितपुरस्थित पाटन अस्पतालमा पनि बिहीबार बिहानै ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको हो ।

यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका वडा नं. ११ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत ती महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ७ गते अस्पतालमा भर्ना गरिएको थियो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यससँगै नेपालमा मृत्यु हुनेको संख्या १८० पुगेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १० : २७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल