२६ असार २०८३, शुक्रबार | July 10, 2026

रुपन्देहीमा थपिए ५३ नयाँ कोरोना संक्रमित, बुटवल उपमहानगरमा मात्र २५ जना



बुटवल । रुपन्देहीमा बिहिबार संक्रमण पुष्टि हुनेको संख्या ५३ जना पुगेको छ । पछिल्लो २४ घण्टाको बिवरण दिंदै स्वास्थ्य कार्यालय रुपन्देहीले २२ महिला र ३१ पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।

बिहिबार पुष्टि भएका संक्रमितहरुमा बुटवल उपमहानगरका २५ जना, तिलोत्तमा नगरपालिकाका १७ जना, सिद्धार्थनगर नगरपालिकाका ४ जना, देवदह नगरपालिकाका ५ जना तथा ओमसतिया र रोहिणीका १।१ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा ८१३ जनामा संक्रमण पुष्टि भएको छ भने ४५५ जना कोरोना मक्त भएर घर फर्केका छन् । जिल्लामा ७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यता बुटवल उपमहानगरपालिकाले भने ३८ जना नयाँ संक्रमित थपिएको जनाएको छ । बुटवल उपमहानगरको स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बुटवलमा बिहिबार २८ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

सिंहले दिएका जानकारी अनुसार सबै भन्दा बढी वार्ड नम्बर ३ मा १७ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नम्बर ११ मा ११ जना संक्रमित थपिएका छन् । त्यसैगरि वार्ड नम्बर ६ मा ३ जना, वार्ड नम्बर १२ मा २ जना र वार्ड नम्बर १ मा १ जना नयां संक्रमित थपिएका छन् । ४ जनाको वार्ड र ठेगाना नखुलेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ५ : ०८ बजे

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को