२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेमा ८५ वर्षीय वृद्धले जीते कोरोना भाइरसलाई, शुक्रबार ११ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमित भएका ८५ वर्षिय वृद्धले कोरोना भाइरसलाई पराजित गर्दै संक्रमण मुक्त भएका छन् । उनीसहित आज बाँकेमा ११ जना डिस्चार्ज भएर घर पठाईन लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आज डिस्चार्ज हुनेहरुमा ३ महिला र ८ पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज कोहलपुरका ६ जना र नेपालगन्जका ५ जनालाई डिस्चार्ज गरिने श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार ९ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ६ सय ९३ जना निको भएर डिस्चार्ज भएका छन् । कोरोनाका कारण जिल्लामा ६ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान सम्ममा बाँकेका विभिन्न आइसोलेसनमा २ सय ५७ जना उपचाररत छन् । जिल्लामा हालसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर जाँच भईसकेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ९ : २५ बजे

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको