११ श्रावण २०८३, सोमबार | July 28, 2026

चितवनमा र भक्तपुरमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु



चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाकी एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. १९ कि ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

श्वासप्रश्वासमा गम्भीर समस्या आएपछि गत ७ गते उनलाई चितवन मेडिकल कलेजको इमरजेन्सी विभागमा उपचारका लागि ल्याइएको थियो ।

परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि उनलाई त्यही आईसीयूमा राखेर उपचार गरिँदै आएको अस्पतालले जनाएको छ । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।

यस भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरकी ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार दिउँसो नागरिक कम्युनिटी अस्पताल गठ्ठाघर ल्याउँदा ल्याउँदै उनको मृत्यु भएको थियो । मृत्युपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १० : ०३ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला