१९ बैशाख २०८१, बुधबार | May 1, 2024

चितवनमा र भक्तपुरमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु



चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाकी एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. १९ कि ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

श्वासप्रश्वासमा गम्भीर समस्या आएपछि गत ७ गते उनलाई चितवन मेडिकल कलेजको इमरजेन्सी विभागमा उपचारका लागि ल्याइएको थियो ।

परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि उनलाई त्यही आईसीयूमा राखेर उपचार गरिँदै आएको अस्पतालले जनाएको छ । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।

यस भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरकी ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार दिउँसो नागरिक कम्युनिटी अस्पताल गठ्ठाघर ल्याउँदा ल्याउँदै उनको मृत्यु भएको थियो । मृत्युपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १० : ०३ बजे

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ