१ पुस २०८२, मंगलबार | December 16, 2025

बुटवल कोरोना अस्पतालमा तिलोत्तमाका कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा रुपन्देही तिलोत्तमाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. ८ (४ नम्वर) का ६० वर्षीय पुरुषको शुक्रबार बिहान २ बजेर ३० मिनेटमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

स्वास्थ्यमा समस्या आएपछि यही भदौ ७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना विशेष अस्पतालको आईसीयू खाली नहुँदा उनलाई फिवर क्लिनिकमा अक्सिजन लगाएर एक दिन राखिएको थियो । तर, उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

मृतकको परिवारको पीसीआर परीक्षणका लागि स्वाव संकलन सुरु गरिएको पनि डा. गौतमले बताए ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १० : ०९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज