१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पुर्वी नवलपरासीमा थपिए ८ जना कोरना संक्रमित



कावासोती । पूर्वी नवलपरासीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको देवचुली नगरपालिका वडा नं १५ कि ५० वर्षीय महिला र देवचुली–१६ का ३० वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

५० वर्षीय महिला खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत व्यक्ति हुन ।

यस्तै जिल्लाकै विनयी त्रिवेणी गाँउपालिका वडा नं ४ का १७, ४०, ६१ र ६७ वर्षीया ४ जना महिलालाई पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, वडा नं २ का २० र ६२ वर्षीय दुई पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

संक्रमितलाई देवचुलीको रजहरमा रहेको जिल्लाकै आईसोलेशन प्राकृतिक चिकित्सलाय अस्पतलाल लगिएको चापागाईले जानकारी दिए ।

जिल्लामा क्रियाशिल ६ जना संचारकर्मीलाई समेत कोरोना संक्रमण भएको छ ।

यो पनि पढ्नुहोस : पूर्वी नवलपरासीमा थपिए २७ नयाँ संक्रमित, गैंडाकोटका मात्रै १७ जना

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीका ८ जनासहित प्रदेशमा १७ जना नयाँ संक्रमितहरु थपिएका हुन् ।

थप संक्रमितहरुमा लमजुङको मर्स्याङ्दी–४ का एक जना संक्रमित रहेका छन् । उनी भारतबाट फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै, पोखरा महानगरपालिका–१७ का २ जना पर्यटक प्रहरीसहित ३ जना, तनहुँ शुक्लगण्डकी र व्यासका ४ जना रहेका छन् ।

 

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ११ : ४४ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको