११ श्रावण २०८३, सोमबार | July 28, 2026

पुर्वी नवलपरासीमा थपिए ८ जना कोरना संक्रमित



कावासोती । पूर्वी नवलपरासीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको देवचुली नगरपालिका वडा नं १५ कि ५० वर्षीय महिला र देवचुली–१६ का ३० वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

५० वर्षीय महिला खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत व्यक्ति हुन ।

यस्तै जिल्लाकै विनयी त्रिवेणी गाँउपालिका वडा नं ४ का १७, ४०, ६१ र ६७ वर्षीया ४ जना महिलालाई पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, वडा नं २ का २० र ६२ वर्षीय दुई पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

संक्रमितलाई देवचुलीको रजहरमा रहेको जिल्लाकै आईसोलेशन प्राकृतिक चिकित्सलाय अस्पतलाल लगिएको चापागाईले जानकारी दिए ।

जिल्लामा क्रियाशिल ६ जना संचारकर्मीलाई समेत कोरोना संक्रमण भएको छ ।

यो पनि पढ्नुहोस : पूर्वी नवलपरासीमा थपिए २७ नयाँ संक्रमित, गैंडाकोटका मात्रै १७ जना

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीका ८ जनासहित प्रदेशमा १७ जना नयाँ संक्रमितहरु थपिएका हुन् ।

थप संक्रमितहरुमा लमजुङको मर्स्याङ्दी–४ का एक जना संक्रमित रहेका छन् । उनी भारतबाट फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै, पोखरा महानगरपालिका–१७ का २ जना पर्यटक प्रहरीसहित ३ जना, तनहुँ शुक्लगण्डकी र व्यासका ४ जना रहेका छन् ।

 

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ११ : ४४ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला