१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

चितवनमा कोरोना संक्रमित अर्का व्यक्तिको मृत्यु



चितवन । चितवनमा शुक्रबार कोरोना भाइरसका दुई जना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरका ५१ वर्षीय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो ।

भरतपुरको पुष्पाञ्जली अस्पतालमा उपचाररत ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सन्दीप पाण्डेले बताए ।

फोक्सो र दमको समस्या रहेका ती पुरुषलाई आईसीयू रभेन्टिलेटरमा राखेर उपचार गरिएपनि जोगाउन नसकेको अस्पतालले जनाएको छ ।

यसअघि शुक्रबार बिहान भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाकी ७१ वर्षीया महिलाको मृत्यु भएको थियो ।

योसँगै, चितनवमा मात्रै कोरोना भाइरसको संक्रमणबाट ८ जना व्यक्तिको निधन भएको छ । जसमध्यो चार जना चितवनका, तीन जना हेटौंडाका र एक जना कैलालीका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १२ : ४९ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण