११ श्रावण २०८३, सोमबार | July 27, 2026

नुवाकोटमा आइसोलेशन कक्ष निर्माण गरिदैँ



नुवाकोट । नुवाकोटका स्थानीय तहमा १० श्य्याको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना जोखिम हुन नदिन जिल्लाका १२ वटै स्थानीय तहलाई आइसोलेशन कक्ष निर्माण गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले शिवपुरी गाउँपालिकामा कोरोना जोखिम हुन नदिन आज साँझ ६ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय समेत गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो गाउँपालिकामा ७ जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको संयोजकत्वमा बसेको बैठकले औषधि उपचार, खाद्य वस्तु खरिद र आफ्नै खेतवारीमा कृषिजन्य कार्य लगायतका आवश्यक काम बाहेक अन्य काममा घरबाट ननिस्कन आग्रह गरेको छ ।

प्रजिअ ढकालले खाद्यन्न पसल बिहान ६ देखि १० बजेसम्म मात्र खोल्न पाउने जानकारी दिए ।

बैठकले निषेधाज्ञा कार्यन्वयन तथा सीमा नाकालाई थप व्यवस्थित बनाउन गाउँपालिकाको रोल्चे नाकामा सशस्त्र प्रहरी बल परिचालन गर्ने निणर्य समेत गरेको छ ।

भदौ ९ गते बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायात र निजी सवारी साधनको सञ्चालनमा थप कडाई गर्ने निर्णय गरेको छ

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १ : ०९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला