११ श्रावण २०८३, सोमबार | July 28, 2026

भर्चुअल सोह्र श्राद्ध गराउन पुरोहितहरुलाई तिलोत्तमा नगरपालिकाको आह्वान



बुटवल । तिलोत्तमा नगरपालिकाले आउंदै गरेको सोह्र श्राद्ध भर्चुअल बिधिबाट गराउन पुरोहितहरुलाई आग्रह गरेको छ ।

शुक्रबार एक सुचना जारी गर्दै नगरपालिकाले सोह्र श्राद्धमा छरछिमेक, ईस्टमित्र भेला नगराउन, श्राद्ध खान आफन्त नबोलाउन र गुरु पुरोहितले पनि बिद्युतिय माध्यमबाट श्राद्ध गर्न गराउन आग्रह गरेको छ ।

एकैजना पुरोहित धेरै घरमा श्राद्ध गराउन जाने परम्पराले कोरोनाको जोखिम उच्च हुने हुँदा बिद्युतिय माध्यम (भर्चुअल) बिधि अपनाई सोह् श्राद्ध सम्पन्न गर्न नगरपालिकाले सुचनामा भनेको छ ।

आश्विन कृष्णपक्षलाई पितृपक्ष मानेर हिन्दु धर्मालम्बीहरुले सोह्रदिन सम्म तिथि अनुसार पितृ तर्पण दिने र श्राद्ध गर्ने गर्दछन् । भाद्र १७ गतेबाट यस वर्षको सोह्र श्राद्ध सुरु हुँदैछ ।

नगरपालिकाले बिबाह, ब्रतबन्ध, न्वारान, मृत्युसंस्कार जस्ता परम्परागत रिती रिवाजमा समेत जमघट कम गर्ने गरि ब्यवस्था मिलाउन नगरबासीलाई आग्रह गरेको छ ।

तिलोत्तमामा १०० बढी संक्रमण पुष्टि हुनुका साथै २ जनाको कारोनाका कारण ज्यान गईसकेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १० : ३९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला