२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

भर्चुअल सोह्र श्राद्ध गराउन पुरोहितहरुलाई तिलोत्तमा नगरपालिकाको आह्वान



बुटवल । तिलोत्तमा नगरपालिकाले आउंदै गरेको सोह्र श्राद्ध भर्चुअल बिधिबाट गराउन पुरोहितहरुलाई आग्रह गरेको छ ।

शुक्रबार एक सुचना जारी गर्दै नगरपालिकाले सोह्र श्राद्धमा छरछिमेक, ईस्टमित्र भेला नगराउन, श्राद्ध खान आफन्त नबोलाउन र गुरु पुरोहितले पनि बिद्युतिय माध्यमबाट श्राद्ध गर्न गराउन आग्रह गरेको छ ।

एकैजना पुरोहित धेरै घरमा श्राद्ध गराउन जाने परम्पराले कोरोनाको जोखिम उच्च हुने हुँदा बिद्युतिय माध्यम (भर्चुअल) बिधि अपनाई सोह् श्राद्ध सम्पन्न गर्न नगरपालिकाले सुचनामा भनेको छ ।

आश्विन कृष्णपक्षलाई पितृपक्ष मानेर हिन्दु धर्मालम्बीहरुले सोह्रदिन सम्म तिथि अनुसार पितृ तर्पण दिने र श्राद्ध गर्ने गर्दछन् । भाद्र १७ गतेबाट यस वर्षको सोह्र श्राद्ध सुरु हुँदैछ ।

नगरपालिकाले बिबाह, ब्रतबन्ध, न्वारान, मृत्युसंस्कार जस्ता परम्परागत रिती रिवाजमा समेत जमघट कम गर्ने गरि ब्यवस्था मिलाउन नगरबासीलाई आग्रह गरेको छ ।

तिलोत्तमामा १०० बढी संक्रमण पुष्टि हुनुका साथै २ जनाको कारोनाका कारण ज्यान गईसकेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १० : ३९ बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा