१ श्रावण २०८२, बिहिबार | July 18, 2025

सशस्त्र प्रहरीले छोडेको हुण्डी कारोबारीलाई नेपाल प्रहरीले समात्यो, ९० हजार भारु बरामद्



वीरगन्ज । प्रहरीले ९० हजार भारतीय रुपैयाँ हुण्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगन्जको सिर्सिया प्रहरी चौकीका प्रहरीले शनिबार बिहान वीरगन्ज महानगरपालिका वडा नं. १७ अलौ नाकाबाट सो रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल भित्रिँदै गरेको ना ५६ प ६८७८ नम्वरको मोटसाइकलमा रहेका भारतको बेतिया निवासी ३० वर्षीय साहलाई चेकजाँच गर्दा ९० हजार भारतीय नोट फेला परेको थियो ।

अनुसन्धानको क्रममा साहसँग रहेको रकम हुण्डीको भएको पुष्टि भएको सिर्सिया प्रहरी चौकीका इन्चार्ज गजानन्द साहले बताए । साहमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

साहलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टले भने त्यतिकै छोडेको थियो ।

लकडाउनको कारण सीमा नाका सिल भएपनि अलौ नाकावाट कारोबारीहरु नेपाल भित्रिरहेको छन्।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १ : २९ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको