२९ भदौ २०८३, सोमबार | September 15, 2026

सशस्त्र प्रहरीले छोडेको हुण्डी कारोबारीलाई नेपाल प्रहरीले समात्यो, ९० हजार भारु बरामद्



वीरगन्ज । प्रहरीले ९० हजार भारतीय रुपैयाँ हुण्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगन्जको सिर्सिया प्रहरी चौकीका प्रहरीले शनिबार बिहान वीरगन्ज महानगरपालिका वडा नं. १७ अलौ नाकाबाट सो रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल भित्रिँदै गरेको ना ५६ प ६८७८ नम्वरको मोटसाइकलमा रहेका भारतको बेतिया निवासी ३० वर्षीय साहलाई चेकजाँच गर्दा ९० हजार भारतीय नोट फेला परेको थियो ।

अनुसन्धानको क्रममा साहसँग रहेको रकम हुण्डीको भएको पुष्टि भएको सिर्सिया प्रहरी चौकीका इन्चार्ज गजानन्द साहले बताए । साहमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

साहलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टले भने त्यतिकै छोडेको थियो ।

लकडाउनको कारण सीमा नाका सिल भएपनि अलौ नाकावाट कारोबारीहरु नेपाल भित्रिरहेको छन्।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १ : २९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ