४ असार २०८२, बुधबार | June 18, 2025

बाँकेमा थपिए १५ संक्रमित, आज पनि बैंकका २ जना कर्मचारी संक्रमित



नेपालगन्ज । बाँके जिल्लामा माछापुच्छ्रे र कुमारी बैंकका १।१ जना कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार माछापुच्छ्रे बैंकका ३० वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा रिपोर्ट पोजेटिभ आएको हो भने कुमारी बैंकमा कार्यरत ३१ वर्षका पुरुषको बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जको प्रयोगशालामा कोरोना पुष्टि भएको हो । शनिबार पुष्टि भएकाहरुमा १२ जना नेपालगन्ज उपमहानगरका सहित नरैनापुरका २ महिला, जानकीमा एक जना पुरुष छन् ।

बाँकेमा प्राय हरेक दिन आउने कोरोना संक्रमणको रिपोर्टमा कुनै नकुनै बैंकका कर्मचारी संक्रमित हुँदै आएका छन् ।

शनिबार थपिएसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ९० पुगेको र ७०३ जना कोरोना मुक्त भएर घर फर्केको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए । बाँकेमा २७९ जनाले बिभिन्न आइसोलेसनमा उपचार गराइरहेका छन् भने जिल्लामा ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ९ : १२ बजे

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ