२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

पूर्वी नवलपरासीमा एक जना कोरोना संक्रमितको निधन



कावासोती ।पूर्वी नवलपरासीमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ६५ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार चितवन मेडिकल कलेजमा निधन भएको छ ।

एक साता अघि उच्च ज्वरो आउने र स्वाशप्रस्वासमा समस्या भएपछि उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो ।

चितवन मेडिकल कलेजमा पीसीआर परीक्षणको क्रममा पोजेटिभ देखिएपछि उनको आइसियुमा राखेर उपचार भएको थियो ।

अस्पतालका अनुसार उनको शनिबार निधन भएको हो । घटनाको आधिकारिक पुष्टि भने आइतबार मात्र गरिने जनाइएको छ ।

पुर्बी नवलपरासीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ९ : २९ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र