४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेमा संक्रमण पुष्टि हुनेको संख्या १ हजार पुग्यो, ७२७ जना डिस्चार्ज, ६ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा २४ जना संक्रमित कोरोना मुक्त भएर घर फर्कंदा १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालको पहिलो लटको रिपोर्टमा बाँकेमा १० जना संक्रमित थपिएका छन् ।

आईतबार थपिएका संक्रमितहरुमा नेपाल टेलिकमका कर्मचारी २ जना, नेबील बैंकका कर्मचारी १ जना, नेपालगन्ज उपमहानगरका स्थानीय ४ जना, जानकी गाँउपालिकाका १ जना र महोत्तरी र बनेपा ठेगाना भएका बाँकेका बस्दै आएका २ जनामा संक्रमण पुष्टि भएको छ ।

आजै बाँकेमा १६ जना सशस्त्र प्रहरी जवानहरु सहित २४ जना कोरोना मुक्त भएर आइसोलेसनबाट बिदा भएका छन् । सशस्त्र प्रहरीको आईसोलेसनमा रहेका १६ जना सहित होटल सिटी प्लाजामा रहेका ग्लोबल आईएमई बैंकका ३ जना कर्मचारी, सुशिल कोईराला क्यान्सर अस्पताल खजुरामा उपचाररत खजुरा र कोहलपुरका १।१ जना तथा होटल अतिथी आइसोलेसनमा रहेका कोहलपुरका ३ जना आजै डिस्चार्ज भएर घर पठाईएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा ७२७ जनाले कोरोना जीतेर घर फर्केका छन् भने ६ जनाको मृत्यु भएको छ । आज थपिएका १० सहित १००० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ३ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको