२४ बैशाख २०८१, सोमबार | May 6, 2024

चितवनमा अर्का एक कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा फेरि अर्को एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरापालिका वडा नं. ११ निवासी ५२ वर्षीय पुरुषको उपचारकै क्रममा आइतबार मध्यान्न १२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

निमोनिया र उच्चज्वरोका बिरामी उनी गत भदौ ४ गते अस्पताल भर्ना भएका थिए । उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक दयाराम लम्सासले जनाएका छन् ।

संक्रमण बढ्दै गएपछि सघन उपचार कक्ष (आईसीयू)मा भेन्टिलेरटमा राखेर उपचार गर्दागर्दै उनको निधन भएका लम्सालले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

यसअघि चितवन मेडिकल कलेजमै शनिबार राति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाका एक व्यक्तिको मृत्यु भएको थियो । चितवनमा हालसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

जसमध्ये चितवनका ५ जना, मकवानपुरका ४ जना, गोरखा, बारा र कैलालीका एक एक जना रहेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ३ : १२ बजे

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित