११ श्रावण २०८३, सोमबार | July 28, 2026

चितवनमा अर्का एक कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा फेरि अर्को एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरापालिका वडा नं. ११ निवासी ५२ वर्षीय पुरुषको उपचारकै क्रममा आइतबार मध्यान्न १२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

निमोनिया र उच्चज्वरोका बिरामी उनी गत भदौ ४ गते अस्पताल भर्ना भएका थिए । उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक दयाराम लम्सासले जनाएका छन् ।

संक्रमण बढ्दै गएपछि सघन उपचार कक्ष (आईसीयू)मा भेन्टिलेरटमा राखेर उपचार गर्दागर्दै उनको निधन भएका लम्सालले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

यसअघि चितवन मेडिकल कलेजमै शनिबार राति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाका एक व्यक्तिको मृत्यु भएको थियो । चितवनमा हालसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

जसमध्ये चितवनका ५ जना, मकवानपुरका ४ जना, गोरखा, बारा र कैलालीका एक एक जना रहेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ३ : १२ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला