४ पुस २०८२, शुक्रबार | December 20, 2025

आइतबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित, १ हजार २२१ जना नयाँ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसबाट संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ सय २१ जना संक्रमित भएका छन् ।

१२ हजार ७१७ नमुना परीक्षणमा १२ सय २१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा दिइएको जानकारी अनुसार ३४८ जना महिला र ८७३ जना पुरुष थपिएका छन् ।

यससँगै, हालसम्म देशभर संक्रमितको संख्या पुगेको छ ।

काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै ३७२ थपिएका छन् । भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ पुगेको छ । जसअनुसार संस्थागत आइसोलेसनमा १० हजार ६१२ रहेको छ । होम आइसोलेसनमा ६ हजार ९०६ जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २६७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २० हजार ८२२ जना निको भएर घर फर्किसकेका छन् । यो कुल संक्रमितको ५४ प्रतिशत हो ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ४ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको