११ श्रावण २०८३, सोमबार | July 28, 2026

आन्तरिक उडान र सीमा नाका भाद्र ३० सम्म नचल्ने, अन्तरराष्ट्रि हवाई उडान सर्त सहित खुल्ला



काठमाडौं । २०७६ चैत ११ बाट बन्द रहेको आन्तरिक उडान तथा अन्तर जिल्ला लामो दुरीका सार्वजानिक सवारी साधनका लागि आगामी भदौ ३० गतेसम्म पर्खनु पर्ने भएको छ । मन्त्रिपरिषदको आईतबार साँझ बसेको बैठकले आन्तरिक उडान, अन्तर जिल्ला चल्ने लामो दुरीका सवारी साधन तथा अन्तरराष्ट्रिय सिमा नाकाहरु भाद्र ३० गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले कोरोनाको संक्रमण जारी रहेको भन्दै आन्तरिक उडान, सार्वजानिक यातायात तथा सिमा नाका नखोल्ने निर्णय गरेको हो । बैठकले अन्तरराष्ट्रिय उडानहरुलाई भने भाद्र १६ गते देखि सर्त सहित उडान भर्ने अनुमति दिएको छ ।

यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित सार्वजानिक यातायात तथा आन्तरिक उडानलाई मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ ।

सरकारले भदौ ३० गतेसम्म अन्तरराष्ट्रिय सीमा नाकामा लगाएको सिललाई पनि भाद्र ३० गते सम्मका लागि निरन्तरता दिएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १० : ३९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला