१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

निषेधाज्ञामै झन् बढी संक्रमण



काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ । पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना देखिएको बताए ।

किन बढिरहेछ त संक्रमण ? जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘कोरोना भाइरसको इन्कुबेसन पिरियड (लक्षण देखिने समय) १४ दिन हो। यो संक्रमण काठमाडौंमा निषेधाज्ञा घोषणाअघिको हो । १४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरूमा लक्षण देखिने बेला नै यही हो। कतिपयलाई सातै दिनमा लक्षण देखिन्छ। कतिपयलाई १४ दिनसम्म पनि देखिन सक्छ ।’

संक्रमितको स्वाब संकलन गरिएको १० दिनपछि पीसीआर जाँच गरिन्छ । रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने र पोजिटिभ भए थप चार दिनपछि जाँच नगरी पनि डिस्चार्ज गर्न सकिने विश्व स्वास्थ्य संगठनको प्रोटोकल हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार संक्रमित व्यक्तिबाट १४ दिनपछि अन्यलाई भाइरस सर्ने सम्भावना हुँदैन । त्यसैले डिस्चार्ज गर्दा फरक नपर्ने उनको दाबी छ ।

शुक्रराज अस्पतालकै क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन निषेधाज्ञाको पालनासमेत नगर्ने प्रवृत्ति देखिएको बताउँछन् । भन्छन्, ‘सरकारले के गरेन भन्ने प्रश्न उठाउनु आफ्नो ठाउँमा होला । संक्रमण वृद्धि हुन नदिन हामीले के गरिरहेका छौं भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठेको छ।’ कोरोना संक्रमण वृद्धि रोक्नु नागरिकको पनि कर्तव्य रहेको उनी बताउँछन् । कामको सिलसिलामा आवतजावत गर्नेहरूबाट पनि संक्रमण बढेको डा. मरासिनीको ठम्याइ छ ।

मास टेस्टिङमा उदासीनता

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीहरूको माग छ । यद्यपि, मन्त्रालयले यसतर्फ ध्यान दिएको छैन ।

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल सरकारले निषेधाज्ञासँगै मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङ एकसाथ अघि बढाउनुपर्ने बताउँछन् । निषेधाज्ञाका कारण भीडभाड कम छ । आवागमन पनि न्यून छ ।

प्रशासनको सहयोगमा जोखिमयुक्त क्षेत्र पहिचान गरी धमाधम पीसीआर परीक्षण गर्नुपर्ने डा. प्याकुरेलको सुझाव छ । उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा जारी छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ७ : २२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले