६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखको पेङ्गोङ त्सो तालमा झडप



गत मे देखि सीमा विवादमा अल्झिएका आणविक शक्ति सम्पन्न दुई छिमेकी भारत र चीनका सेनाबीच फेरि सीमा क्षेत्रमा झडप भएको खबर सार्वजनिक भएको छ ।

भारत सरकारले पूर्वी लद्दाखस्थित पेङ्गोङ त्सो तालमा चिनियाँ जनमुक्ति सेनाले भड्काउपूर्ण कार्य गरेको आरोप लगाएको छ ।

सीमा सम्बन्धी सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ । भारतीय सेनाका अनुसार हालैको झडप अगष्ट २९ को राति भएको थियो। सीमा क्षेत्रको यथास्थितिलाई परिवर्तन गर्न खोज्ने चिनियाँ सेनाको उक्साहटपूर्ण कार्यलाई भारतीय सेनाले प्रतिकार गरेको भारतले जनाएको छ ।

यस विषयमा चीनको कुनै प्रतिक्रिया नआएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । झडपमा हताहतीबारे भने कुनै जानकारी दिइएको छैन ।

भारत सरकारको प्रेस सूचना ब्युरोले भनेको छ भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई रोकिदिएको छ। भारतीय सेना संवादमार्फत शान्ति स्थापना गर्न चाहन्छ। साथै आफ्नो क्षेत्र र अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ। यहाँ जारी विवादको विषयलाई लिएर ब्रिगेड कमाण्डरस्तरमा बैठक जारी छ।’

गत जुन १५ को राति गलवान नदी क्षेत्रमा भएको भारतीय र चिनियाँ सेनाबीचको झडपमा २० जना भारतीय सेनाको ज्यान गएको थियो ।

सन् १९६२ को युद्धपछि कहिल्यै रगत नबगेको भारत चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक हिंसात्मक झडप भएको थियो । त्यसपछि भारत र चीनबीचको सम्बन्ध तनाबपूर्ण स्तरमा पुगेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  १२ : ३३ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको