२० बैशाख २०८१, बिहिबार | May 2, 2024

भारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखको पेङ्गोङ त्सो तालमा झडप



गत मे देखि सीमा विवादमा अल्झिएका आणविक शक्ति सम्पन्न दुई छिमेकी भारत र चीनका सेनाबीच फेरि सीमा क्षेत्रमा झडप भएको खबर सार्वजनिक भएको छ ।

भारत सरकारले पूर्वी लद्दाखस्थित पेङ्गोङ त्सो तालमा चिनियाँ जनमुक्ति सेनाले भड्काउपूर्ण कार्य गरेको आरोप लगाएको छ ।

सीमा सम्बन्धी सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ । भारतीय सेनाका अनुसार हालैको झडप अगष्ट २९ को राति भएको थियो। सीमा क्षेत्रको यथास्थितिलाई परिवर्तन गर्न खोज्ने चिनियाँ सेनाको उक्साहटपूर्ण कार्यलाई भारतीय सेनाले प्रतिकार गरेको भारतले जनाएको छ ।

यस विषयमा चीनको कुनै प्रतिक्रिया नआएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । झडपमा हताहतीबारे भने कुनै जानकारी दिइएको छैन ।

भारत सरकारको प्रेस सूचना ब्युरोले भनेको छ भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई रोकिदिएको छ। भारतीय सेना संवादमार्फत शान्ति स्थापना गर्न चाहन्छ। साथै आफ्नो क्षेत्र र अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ। यहाँ जारी विवादको विषयलाई लिएर ब्रिगेड कमाण्डरस्तरमा बैठक जारी छ।’

गत जुन १५ को राति गलवान नदी क्षेत्रमा भएको भारतीय र चिनियाँ सेनाबीचको झडपमा २० जना भारतीय सेनाको ज्यान गएको थियो ।

सन् १९६२ को युद्धपछि कहिल्यै रगत नबगेको भारत चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक हिंसात्मक झडप भएको थियो । त्यसपछि भारत र चीनबीचको सम्बन्ध तनाबपूर्ण स्तरमा पुगेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १२ : ३३ बजे

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा