३ पुस २०८२, बिहिबार | December 19, 2025

बुटवलमा स्वास्थ्य सामग्रीमा खुल्लेआम ‘कालोबजारी’, अनुगमन टोली सम्झाई बुझाईमै सीमित



बुटवल । बजारमा औषधि तथा मेडिकल सामाग्रीमा कालोबजारी भएको गुनासो सम्बोधन गर्न भन्दै तामझामका साथ बजार अनुगमनमा निस्केको टोली केहि मेडिकल पसलहरु अनुगमन गरेर सम्झाई बुझाई गर्दै रित्तो हात फर्केको छ ।

बजारमा सर्जिकल ग्लोभ (पञ्जा)को चरम अभावका साथै सर्जिकल मास्कमा मनोमानी मुल्य असुली र सेनेटाइजरको जथाभावी मूल्यमा बिक्रि वितरण भैरहेपनि अनुगमन टोली भने कसैलाई कारवाही नगरी फर्केको छ ।

बुटवलमा सामान्यतया ४५० मुल्यमा पाईने सर्जिकल पञ्जा होलसेलमा ६५० र खुद्रामा ८०० रुपैंया सम्ममा बिक्रि भईरहेको छ । थोकमा २७० मा पाइने सर्जिकल मास्क ४५० देखि ६०० सम्ममा बिक्रि भईरहेको छ । सर्जिकल मञ्जाको बुटवलमा कोरोना महामारी फैलिए देखिनै कृतिम अभाव बनाईएको छ । बढी मुल्य तिर्नेले पञ्जा पाउने र बिल खोज्ने तथा मुल्य सोध्ने ग्राहकलाई पञ्जानै नभएको भन्दै फर्काईने गरेको उपभोक्ताहरुले बताएका छन् । सेनेटाईजरको वास्तबिक मुल्य रहस्यमै राखिएको छ । हरेक पसलमा सेनेटाईजरको मुल्य फरक फरक मुल्यमा बिक्रि गरिने गरेको छ ।

बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यको नेतृत्वमा बुटवलका औषधि पसलहरुमा आइतबर अनुगमन गरिएको थियो ।

उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख आचार्यको नेतृत्वमा गरिएको अनुगमनमा औषधि सप्लायर्सहरुले सामानमा चर्को मूल्य लिने गरेको पाइएको बुटवल उपमहानगरका प्रेस संयोजक अमृत गिरीले बताए ।

हल्लाखल्ला गर्दै अनुगमन टोली हिँडेको खबर पाएपछि कतिपय औषधि सप्लायर्सहरु पहिले नै पसल बन्द गरेर हिँडेका थिए ।

व्यापारीहरुले सामान खरिद गरेर लिएको मूल्यभन्दा धेरै नाफा खाएको पाइएपछि पहिलो पटकलाई सचेत बनाएर छोडिएको आचार्यले बताईन् । ‘पहिलोपटकलाई सम्झाएर छोडिएको र फेरिपनि चर्को मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गरिने छ’, उनले भनिन् ।

अनुगमनका लागि उपप्रमुख आचार्यसँगै वाणिज्य कार्यालयका प्रमुख हरि शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, उपभोक्ता हित संरक्षण मन्च प्रदेश ५ का अध्यक्ष तेजकुमार पाठक तथा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोर सहितको टोली बजार निस्केको थियो ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  १२ : ३३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको