११ श्रावण २०८३, सोमबार | July 28, 2026

बुटवलमा स्वास्थ्य सामग्रीमा खुल्लेआम ‘कालोबजारी’, अनुगमन टोली सम्झाई बुझाईमै सीमित



बुटवल । बजारमा औषधि तथा मेडिकल सामाग्रीमा कालोबजारी भएको गुनासो सम्बोधन गर्न भन्दै तामझामका साथ बजार अनुगमनमा निस्केको टोली केहि मेडिकल पसलहरु अनुगमन गरेर सम्झाई बुझाई गर्दै रित्तो हात फर्केको छ ।

बजारमा सर्जिकल ग्लोभ (पञ्जा)को चरम अभावका साथै सर्जिकल मास्कमा मनोमानी मुल्य असुली र सेनेटाइजरको जथाभावी मूल्यमा बिक्रि वितरण भैरहेपनि अनुगमन टोली भने कसैलाई कारवाही नगरी फर्केको छ ।

बुटवलमा सामान्यतया ४५० मुल्यमा पाईने सर्जिकल पञ्जा होलसेलमा ६५० र खुद्रामा ८०० रुपैंया सम्ममा बिक्रि भईरहेको छ । थोकमा २७० मा पाइने सर्जिकल मास्क ४५० देखि ६०० सम्ममा बिक्रि भईरहेको छ । सर्जिकल मञ्जाको बुटवलमा कोरोना महामारी फैलिए देखिनै कृतिम अभाव बनाईएको छ । बढी मुल्य तिर्नेले पञ्जा पाउने र बिल खोज्ने तथा मुल्य सोध्ने ग्राहकलाई पञ्जानै नभएको भन्दै फर्काईने गरेको उपभोक्ताहरुले बताएका छन् । सेनेटाईजरको वास्तबिक मुल्य रहस्यमै राखिएको छ । हरेक पसलमा सेनेटाईजरको मुल्य फरक फरक मुल्यमा बिक्रि गरिने गरेको छ ।

बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यको नेतृत्वमा बुटवलका औषधि पसलहरुमा आइतबर अनुगमन गरिएको थियो ।

उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख आचार्यको नेतृत्वमा गरिएको अनुगमनमा औषधि सप्लायर्सहरुले सामानमा चर्को मूल्य लिने गरेको पाइएको बुटवल उपमहानगरका प्रेस संयोजक अमृत गिरीले बताए ।

हल्लाखल्ला गर्दै अनुगमन टोली हिँडेको खबर पाएपछि कतिपय औषधि सप्लायर्सहरु पहिले नै पसल बन्द गरेर हिँडेका थिए ।

व्यापारीहरुले सामान खरिद गरेर लिएको मूल्यभन्दा धेरै नाफा खाएको पाइएपछि पहिलो पटकलाई सचेत बनाएर छोडिएको आचार्यले बताईन् । ‘पहिलोपटकलाई सम्झाएर छोडिएको र फेरिपनि चर्को मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गरिने छ’, उनले भनिन् ।

अनुगमनका लागि उपप्रमुख आचार्यसँगै वाणिज्य कार्यालयका प्रमुख हरि शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, उपभोक्ता हित संरक्षण मन्च प्रदेश ५ का अध्यक्ष तेजकुमार पाठक तथा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोर सहितको टोली बजार निस्केको थियो ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  १२ : ३३ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला