१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सेती प्रादेशिक अस्पतालमा पनि प्लाज्मा थेरापीबाट उपचार सुरु हुँदै



धनगढी । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित व्यक्तिको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ ।

गम्भिर खालका कोरोना सङ्क्रमित बिरामी देखिए प्लाज्मा थेरापी विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

प्लाज्मा थेरापी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठिक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एन्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट ग¥यो भने त्यसले कोरोना भाइरसलाई न्यूटिलाइज गर्ने भन्ने सिद्धान्तका आधारमा यो विधि थालिने सूचना अधिकारी श्रेष्ठले बताए ।

“गम्भिर खालका सङ्क्रमित बिरामीलाई आइसियूमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्लाज्मा चढाइन्छ”, श्रेष्ठले भने, “साधारण कोरोना पोजेटिभ बिरामीलाई भने प्लाज्मा चढाइदैन ।” उनले प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सेती प्रादेशिक अस्पताल तयार रहेको बताए ।

उनले भने, “त्यसका लागि कोभिड– १९ मुक्त भइसकेका व्यक्तिले रगत दान गर्नुपर्ने हुन्छ र सो रगतबाट नै प्लाज्मा तयार पारी सङ्क्रमितको उपचार गरिने भएको हुँदा सङ्क्रमण मुक्त भएकालाई रक्तदानका लागि आज सूचनामार्पmत आग्रह गरेका छौ ।”

यसका लागि कोरोना सङ्क्रमित लक्षणबाट मुक्त भएको दुई हप्ता पुगेको र पीसीआर पद्वतिबाट नेगेटिभ भइसकेको हुनुपर्ने मापदण्ड रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ५ : १९ बजे

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा