६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रदेश ५ मा सुरु भयो प्लाज्मा बैंक, संकलित प्लाज्मा १ वर्ष भण्डार गर्न सकिने



बुटवल । प्रदेश ५ का अस्पतालहरुले धमाधम प्लाज्मा थेरापीको बिधिबाट कोरोनाको उपचार थालेसँगै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले प्लाज्मा बैंकको स्थापना गरेको छ । प्लाज्मा दिएर केहि संक्रमित निको भएको पाईएपछि बिभिन्न अस्पतालहरुले पछिल्लो समय प्लाज्मा थेरापी बिधि अपनाउन थालेका छन् ।

संक्रमितहरुलाई समयमा नै प्लाज्मा उपलब्ध होस् भनेर प्लाज्मा बैंकको स्थापना गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ ले जनाएको छ । परिषदको समन्वयनमा कपिलवस्तु अस्पताल तौलिहवाबाट प्लाज्मा संकलन गर्न थालिएको कोरोना बिशेष अस्पताल बुटवलका कन्भ्यालिसेन्ट प्लाज्मा उपचारका कोअर्डिनेटर डा. सम्राट पराजुलीले वताए ।

सोमबारबाट सुरु भएको प्लाज्मा बैंक स्थापनाको अभियानमा संक्रमण मुक्त भएका व्यक्तिहरुबाट प्लाज्मा थेरापीको लागि लागि १७ पिन्ट रगत संकलन भएको प्लाज्मा उपचारका कोअर्डिनेटर डा. पराजुलीले जानकारी दिए ।

कोभिड उपचारमा सहज बनाउने उद्देश्यले उक्त अभियान सुरु गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश संयोजक डा प्रशान्त आचार्य ले बताए । संकलन भएको प्लाज्मा(रगत) लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना बिशेष अस्पतालमा रहेका गम्भीर संक्रमितको प्लाज्मा थेरापीमा प्रयोग हुने उनले जनाए ।

रगत अभाव भएका कारण उचित समयमा प्लाज्मा थेरापी सुरु गर्न गाह्रो भइरहेको बेला थालिएको अभियानले संक्रमित भएर गम्भिर बनेकाहरुको ज्यान बचाउन सहज हुने कोअर्डिनेटर डा. पराजुलीले वताए ।

संकलन गरिएको प्लाज्मा बुटवल ब्लड बैंकमा राखी एक वर्षसम्म प्रयोग गर्न सकिने लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले वताए ।

स्वास्थ्य अनुसन्धान परिषदले संक्रमित भएर निको भएका तथा दिर्घ रोग नभएका पुर्व संक्रमितहरुलाई आफ्नो प्लाज्मा दान गरेर नयाँ संक्रमितको उपचारमा सहयोग गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ८ : ४७ बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न