२१ भदौ २०८३, आइतबार | September 6, 2026

महिलालाई भन्दा पुरुषलाई कोरोना संक्रमण जोखिम बढी



हेटौँडा । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै वर्ग, क्षेत्र र समुदायलाई प्रभावित पारेको छ ।

पछिल्लो समय बागमती प्रदेशमा कोरोना सङ्क्रमणको वृद्धिदरसँगै कोरोना सङ्क्रमण पुष्टि भएकाको मृत्यु हुने क्रम बढ्दो छ । यो प्रदेशमा कोरोना सङ्क्रमण पुरुषको तुलनामा महिलामा कम देखिएकाले सङ्क्रमणका दृष्टिले पुरुष बढी जोखिममा रहेको देखिएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअनुसार कोभिड-१९ सङ्क्रमित हुनेमा लिङ्गअनुसार बढी सङ्ख्या पुरुष छन् । मन्त्रालयले आइतबार साँझसम्ममा प्रदेशका कुल कोरोना सङ्क्रमितमध्ये ३३.२ प्रतिशत महिला र ६६‍.८ प्रतिशत पुरुषमा कोरोना सङ्क्रमण भएको बताएको छ ।

आइतबार साँझसम्ममा प्रदेशका १३ जिल्लामा गरी सात हजार ४६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । मन्त्रालयका कोभिड-१९ का प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंका अनुसार पछिल्लो समय पुरुष बढी सङ्ख्यामा विदेशबाट आएका, घरबाहिर महिलाको अनुपातमा पुरुष नै बढी हिँडडुल गर्ने भएकोले र धार्मिक एवं सांस्कृतिक व्यवहारले पुरुषमा सङ्क्रमण बढी देखिएको हो ।

कतिपय रोग महिलामा कम लाग्नुमा महिलामा रोग प्रतिरोधी क्षमता बढी हुने भन्दै उनले भने, पुरुषको अनुपातमा महिलाको मृत्यु दरसमेत कम रहेको छ । एक महिनाअघि गत साउन १५ गते बागमती प्रदेशमा कुल सङ्क्रमित एक हजार ६६ जना रहेकोमा २८.७ प्रतिशत महिला र ७१.३ प्रतिशत पुरुषमा कोरोना पुष्टि भएको थियो ।

प्रवक्ता सेढाईंले कोरोना सङ्क्रमण पछिल्लो समय समुदायस्तरमा पुगेकाले महिलामा कोरोना सङ्क्रमण दर बढ्ने जोखिम बढेको बताए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ७ : ५२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका