१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

महिलालाई भन्दा पुरुषलाई कोरोना संक्रमण जोखिम बढी



हेटौँडा । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै वर्ग, क्षेत्र र समुदायलाई प्रभावित पारेको छ ।

पछिल्लो समय बागमती प्रदेशमा कोरोना सङ्क्रमणको वृद्धिदरसँगै कोरोना सङ्क्रमण पुष्टि भएकाको मृत्यु हुने क्रम बढ्दो छ । यो प्रदेशमा कोरोना सङ्क्रमण पुरुषको तुलनामा महिलामा कम देखिएकाले सङ्क्रमणका दृष्टिले पुरुष बढी जोखिममा रहेको देखिएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअनुसार कोभिड-१९ सङ्क्रमित हुनेमा लिङ्गअनुसार बढी सङ्ख्या पुरुष छन् । मन्त्रालयले आइतबार साँझसम्ममा प्रदेशका कुल कोरोना सङ्क्रमितमध्ये ३३.२ प्रतिशत महिला र ६६‍.८ प्रतिशत पुरुषमा कोरोना सङ्क्रमण भएको बताएको छ ।

आइतबार साँझसम्ममा प्रदेशका १३ जिल्लामा गरी सात हजार ४६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । मन्त्रालयका कोभिड-१९ का प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंका अनुसार पछिल्लो समय पुरुष बढी सङ्ख्यामा विदेशबाट आएका, घरबाहिर महिलाको अनुपातमा पुरुष नै बढी हिँडडुल गर्ने भएकोले र धार्मिक एवं सांस्कृतिक व्यवहारले पुरुषमा सङ्क्रमण बढी देखिएको हो ।

कतिपय रोग महिलामा कम लाग्नुमा महिलामा रोग प्रतिरोधी क्षमता बढी हुने भन्दै उनले भने, पुरुषको अनुपातमा महिलाको मृत्यु दरसमेत कम रहेको छ । एक महिनाअघि गत साउन १५ गते बागमती प्रदेशमा कुल सङ्क्रमित एक हजार ६६ जना रहेकोमा २८.७ प्रतिशत महिला र ७१.३ प्रतिशत पुरुषमा कोरोना पुष्टि भएको थियो ।

प्रवक्ता सेढाईंले कोरोना सङ्क्रमण पछिल्लो समय समुदायस्तरमा पुगेकाले महिलामा कोरोना सङ्क्रमण दर बढ्ने जोखिम बढेको बताए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ७ : ५२ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार