१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

उचित मूल्य नपाएको विरोधमा इलामका चिया किसान आन्दोलित



इलाम । चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् ।

स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन् ।

सङ्घर्ष समिति नै बनाएर किसानहरू आन्दोलनमा उत्रिएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरेका छन् ।

यसअघि सूर्योदय नगरपालिकाले चिया उद्योगी र किसानसँगको छलफलपछि गएको वर्ष नै न्यूनतम प्रतिकिलो ४० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यद्यपि सो रकम घटाएर हाल २० देखि ३० रुपैयाँ मात्र उद्योगले उपलब्ध गराउने भनेकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको चिया किसान आन्दोलन समितिका संयोजक सोनाम छिरिङ काजी (ज्ञानी)ले बताए ।

एक किलो चिया उत्पादनमा किसानको रु ३७।५ खर्च हुने गरे पनि वर्षकै शुरुमा उत्पादन भएको चियाको मूल्य रु २० दिन खोजेकाले किसान मारमा परेको उनको भनाइ छ ।

किसानले चियाको उचित मूल्य नदिए आफ्नो हरियो चियापत्ती नै भए पनि फिर्ता गर्न माग गरेका छन् ।

अन्य किसानले ल्याएको र उद्योगी आफ्नै बगानको भए पनि हरियो चिया फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । नभए उद्योगले प्रशोधन खर्च कटाएर तयारी चिया नै भए पनि फिर्ता दिनुपर्ने उनीहरुले माग राख्दै आएका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १० : २९ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा