४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेमा कोरोनाबाट मृत्यु दर ० दशमलब ५८ प्रतिशत, संक्रमित थपिने तुलनामा निको हुने बढी



नेपालगन्ज । सोमबार ४१ जना नयाँ संक्रमित थपिएको बाँकेमा मंगलबार १६ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज डिस्चार्ज भएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या ७ सय ४६ पुगेको छ ।

विभिन्न आईसोलेशनमा बसेका उनिहरुलाई आज बिहानै देखि डिस्चार्ज गर्न सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए । आज डिस्चार्ज हुनेहरुको भाद्र २ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार सुरु गरीएको थियो । श्रेष्ठका अनुसार आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखीएका ब्यक्तिहरुलाई पीसीआर परीक्षण नगराई डिस्चार्ज गर्ने गरिएको छ ।

बाँकेमा हालसम्म १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भइसकेको छ । विभिन्न आइसोलेसनमा २ सय ९१ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमित निको हुने क्रम बढ्दै गएको फोकलपर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बाँकेमा बिरामी निको हुने दर ७१ दशमलव ५२ प्रतिशत रहेको छ । संक्रमणमुक्त हुनेको तुलनामा बाँकेमा बिरामीको मृत्यु दर ० दशमलव ५८ प्रतिशत रहेको छ भने जिल्लामा रोग प्रकोप दर ० दशमलव १७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १० : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको