१ पुस २०८२, मंगलबार | December 16, 2025

सप्तरीमा थप सात दिन निषेधाज्ञा



सप्तरी । सप्तरीको तीन स्थानीय तहमा कोरोना सङ्क्रमणको विस्तारलाई रोकथाम र नियन्त्रण गर्न थप सात दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ ।

कोरोनाको सङ्क्रमण बढी देखिएको राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आगामी भदौ २२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइने सोमबार निर्णय भएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सोमबार जारी गरेको सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम तीन स्थानीय तहमा अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जनाइएको छ ।

सङ्घीय सांसद, प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा सोमबार बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा लगत्तै बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्दकुमार ठाकुरले बताए ।

सप्तरी जिल्लाभरि साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा गए मध्यराति सकिन लागेको बेला बैठकले निषेधाज्ञाको क्षेत्र कम गर्दै तीन स्थानीय तहमा भने जारी राख्ने निर्णय गरेको हो ।

उक्त क्षेत्रमा अत्यावश्यक सेवाअन्र्तगतका खाद्यान्न, तरकारी र फलफूलका पसल बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइने छ । अन्य स्थानीय तहमा अत्यावश्यक सेवाअन्र्तगत पर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ ।

नेपाल सरकारले सञ्चालन गर्न रोक लगाएको बाहेकका पसल, सेवा र व्यवसाय स्वास्थ्य सतर्कता अपनाएर मात्र सञ्चालन गर्न पाइए पनि साप्ताहिक हाटबजार सञ्चालन गर्न नपाइने निर्णय भएको बैठकमा सहभागी नेकपाका प्रदेश सदस्य सुखराम यादवले बताए । रासस

 

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ११ : ५० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज