१७ श्रावण २०८३, आइतबार | August 2, 2026

सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी : अक्सिजनको स्टक बढाइदै, आइसोलेशनको तयारी



सप्तरी । सीमावर्ती नाका भारत तथा जिल्लामा समेत कोरोना संक्रमितहरु बढ्न थालेपछि सप्तरीमा यसको पूर्वतयारी थालिएको छ ।
अक्सिजनको व्यवस्था, बन्द रहेका आइसोलेशनहरुको पुनःसंचालन, पिसिआर परिक्षणको दायरा फराकिलो बनाइदै कोरोना नियन्त्रणका लागि पूर्व तयारी थालिएको हो ।

छिमेकी मुलुक भारतमा संक्रमितहरुको संख्या अत्याधिक बृद्धि हुँदा अक्सिजनको अभाव रहेको र सप्तरीमा समेत यसको प्रभाव पर्न सक्ने कुरालाई ध्यानमा राखी अक्सिजनको स्टक बढाइएको गजेन्द्र नाराययण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए । उनका अनुसार शनिबार मात्र इटहरीबाट ८५ सिलिन्डर अक्सिजन झिकाइएको छ भने थप अक्सिजनका लागि समेत आवश्यक पहल थालिएको छ ।

अघिल्लो दिन थप ६ जना कोरोना संक्रमित भेटिएको र योसहित एक महिनाको अवधीमा जिल्लामा संक्रमितको कुल संख्या १२ पुगेको छ । संक्रमित १२ मध्ये एक स्वास्थ्यकर्मी र दुई कर्मचारी समेत रहेका छन् ।

संक्रमित १२ जना हाल होमआइसोलेशनमा रहेको र थप संक्रमित भेटिन सक्ने कुरालाई मध्यनजर गरि पिसिआर परिक्षणको समय बढाइएको छ ।

हाल सोमबार र बिहीबार गरि साताको दुई दिनमात्र परिक्षण हुँदै आएकोमा अबको दुई÷तिन दिनपछि एक दिनको अन्तरालमा परिक्षणको व्यवस्था मिलाउन लागेका छौं, मेसु झाले भने ।

यसैगरी हाल बन्द अवस्थामा रहेका जिल्लाका आइसोलेशन केन्द्रहरुलाई समेत पुनः संचालनका लागि तयारी सुरु गरिएको उनको भनाई छ ।
जिल्लाका पाँच आइसोलेशन केन्द्र मध्ये राजविराजस्थित साइकृष्णा मेडिकल कलेजमा तत्काल २५ शैयाको आइसोलेशन तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले भने, केही दिन भित्रै गजेन्द्र नारायण सिंह अस्पतालमा पनि २५ शैयाकै आइसोलेशन सेवा सुरु भइसक्ने गरि काम सुरु अघि बढेको छ ।

सप्तरीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । यता जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्य निर्देशनहरुलाई कडाईका साथ पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : ३१ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि