२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी : अक्सिजनको स्टक बढाइदै, आइसोलेशनको तयारी



सप्तरी । सीमावर्ती नाका भारत तथा जिल्लामा समेत कोरोना संक्रमितहरु बढ्न थालेपछि सप्तरीमा यसको पूर्वतयारी थालिएको छ ।
अक्सिजनको व्यवस्था, बन्द रहेका आइसोलेशनहरुको पुनःसंचालन, पिसिआर परिक्षणको दायरा फराकिलो बनाइदै कोरोना नियन्त्रणका लागि पूर्व तयारी थालिएको हो ।

छिमेकी मुलुक भारतमा संक्रमितहरुको संख्या अत्याधिक बृद्धि हुँदा अक्सिजनको अभाव रहेको र सप्तरीमा समेत यसको प्रभाव पर्न सक्ने कुरालाई ध्यानमा राखी अक्सिजनको स्टक बढाइएको गजेन्द्र नाराययण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए । उनका अनुसार शनिबार मात्र इटहरीबाट ८५ सिलिन्डर अक्सिजन झिकाइएको छ भने थप अक्सिजनका लागि समेत आवश्यक पहल थालिएको छ ।

अघिल्लो दिन थप ६ जना कोरोना संक्रमित भेटिएको र योसहित एक महिनाको अवधीमा जिल्लामा संक्रमितको कुल संख्या १२ पुगेको छ । संक्रमित १२ मध्ये एक स्वास्थ्यकर्मी र दुई कर्मचारी समेत रहेका छन् ।

संक्रमित १२ जना हाल होमआइसोलेशनमा रहेको र थप संक्रमित भेटिन सक्ने कुरालाई मध्यनजर गरि पिसिआर परिक्षणको समय बढाइएको छ ।

हाल सोमबार र बिहीबार गरि साताको दुई दिनमात्र परिक्षण हुँदै आएकोमा अबको दुई÷तिन दिनपछि एक दिनको अन्तरालमा परिक्षणको व्यवस्था मिलाउन लागेका छौं, मेसु झाले भने ।

यसैगरी हाल बन्द अवस्थामा रहेका जिल्लाका आइसोलेशन केन्द्रहरुलाई समेत पुनः संचालनका लागि तयारी सुरु गरिएको उनको भनाई छ ।
जिल्लाका पाँच आइसोलेशन केन्द्र मध्ये राजविराजस्थित साइकृष्णा मेडिकल कलेजमा तत्काल २५ शैयाको आइसोलेशन तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले भने, केही दिन भित्रै गजेन्द्र नारायण सिंह अस्पतालमा पनि २५ शैयाकै आइसोलेशन सेवा सुरु भइसक्ने गरि काम सुरु अघि बढेको छ ।

सप्तरीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । यता जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्य निर्देशनहरुलाई कडाईका साथ पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : ३१ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रसाद अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

काठमाडौँ । नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो