१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सप्तरीमा एकै परिवारका ६ सहित थपिए १५ नयाँ संक्रमित



सप्तरी । सप्तरीमा बुधबार एकै परिवारका ६ जनासहित १५ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये जिल्लाको कञ्चनरुप नगरपालिका ६ का एकै परिवारका एक महिलासहित ६ जना छन् ।

सोही नगरपालिका वडा नं. ७ का एक महिलासहित तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ का चार तथा राजविराज नगरपालिका ४ का एक जनामा समेत कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार ती सबैको गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ८ सय २३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ४६ बजे

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड