४ पुस २०८२, शुक्रबार | December 20, 2025

जनस्वास्थ्यविद्को सुझाव : कोरोना समुदायस्तरमा फैलियो, हटस्पट जिल्ला नियन्त्रण गरौं



काठमाडौं । जनस्वास्थ्यविद्ले ५ सय भन्दा बढी कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकोले हटस्टप बनेको भन्दै नियन्त्रण गर्नुपर्ने बताए ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी सङक्रमित रहेका छन ।

मंगलबार एकै दिन एक हजार ६९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा सङ्क्रमण देखिएको छ ।

“ति १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्ंक्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौ ”, उनले भने ।

जनस्वास्थ्यविद् डा.तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले सङ्क्रमण बढिरहेको छ । महिलामा ८ प्रतिशत, बुद्धामा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ ।

परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा सङ्क्रमित बढिरहेको तथ्यांकले देखाएको डा तिवारीको भनाई रहेको छ । तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने बताए ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको