१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्म थपियो निषेधाज्ञा, के गर्न पाइन्छ के पाईंदैन ?



काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा लम्बिएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयसँग छलफल पछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि गत भदौ ३ गतेदेखि निषेधाज्ञा लाग्दै आएको थियो ।

एक एक हप्ता लगाईंदै आएको निषेधाज्ञा बुधबार राति १२ बजेबाट सकिँदैछ । यसपटकको निषेधाज्ञामा केही सेवा सञ्चालन थप भएका छन् ।

यसपटक होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई खुल्ला गरिएको छ । निर्माण सामग्री ढुवानीका गाडीमा अवरोध नगरिने भएको छ । यस्तै, स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ । तर, त्यसका लागि कारखाना भित्रै मजदुर राख्नुपर्नेछ ।

यस्तै, भन्सार तिरेका गाडी र मोटरसाईकललाई काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ ।

यसअघि अत्यावश्यक सेवाका औषधी र खाद्यवस्तु खरिदमा रोक लगाइएको थिएन । तर, बिहान ९ बजेसम्म मात्र खाद्य तथा तरकारी पसलहरु मात्र खुल्न दिइएको थियो ।

अत्यावश्यक काममा घर बाहिर निस्किनेले अनिवार्य मास्क लगाउनुपर्ने नियम लगाइएको थियो ।

सरकारी एवं अत्यावश्यक कार्यालयका कर्मचारीहरुका लागि बिहान ९ बजेदेखि १ः३० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्मका लागि मात्रै छुट दिइएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ५ : २३ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि